भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित
पाेखरा | भदौ ११, २०८१
पोखरा: गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार र पत्रकार शर्मालाई १० हजार नगदले सम्मान गरिएको हो ।
अरुणा शाहीलाई उनको कप्तानीमा विदेशमा उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो भने जमुना वर्षा शर्मालाई पत्रकारिताको माध्यमबाट महिला सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि तिवारीले कडा परिश्रम र मिहिनेतको परिणामस्वरूप समाजमा सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गर्ने यो कार्यक्रम प्रसंशनीय रूपमा स्थापित गरेको बताइन्।
उनले महिलाहरु अघि बढ्नका लागि अझै धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै, यी चुनौतीहरूको सामना गरेर मात्रै सफलता प्राप्त गर्न सकिनेमा जोड दिइन्। उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु पर्ने , गैह्रकानुनी र सीप बिना बिदेश जाने कुरालाई निरुत्साहित गर्दै विदेश भन्दा स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नु पर्नेमा जोड दिइन ।
सम्मानित पत्रकार जमुना वर्षा शर्माले सम्मानले पत्रकारीता क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन । सो अवसरमा पत्रकार शर्माले रोजगारीको लागि संघर्ष गर्ने महिलाहरूको समस्यालाई सम्बोधन गर्दै वैदेशिक रोजगार शाखा संरक्षण संघले समस्यामा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्न आग्रह गरिन्।
सम्मानित कप्तान अरुणा शाही सम्मानले आफुलाई थप हौसला र उर्जा मिलेको धारणा राख्दै देशको नाम राख्न आफुले निरन्तर मिहिनेत गर्ने बताइन ।
संघका अध्यक्ष सुजन श्रेष्ठले हरितालिका तिज पर्व को महत्व र महिमा विशेष रहेको जनाउदै महिला सम्मान गरेको बताए ।
उनले २०६६ सालमा स्थापना भएको सस्थाले गण्डकी प्रदेशका वैदेशिक रोजगार सम्बद्ध शाखाहरुलाई नियमन गर्दै सरकार र व्यवसायीबीच समन्वय गर्दै आइरहेको जानकारी दिए । उनले वैदेशिक रोजगारको नाममा हुने ठगिलाई रोक्दै कानुनी र व्यवस्थित माध्यमबाट रोजगार प्रदान गर्न सस्था सक्रिय रहेको र संघमा ८० वटा सस्था आवद्ध रहेको उनको भनाइ थियो ।
सो कार्यक्रममा संघका सल्लाहकार, सदस्य, कर्मचारी र अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

